IME Life New

भरतपुरमा युवाहरुले सञ्चालन गरे नमुना नगर युवा सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भरतपुर महानगरपालिकाको आयोजनामा सञ्चालन भएको नमुना नगर युवा सभा सम्पन्न भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेल र महानगरका जनप्रतिनिधिको उपस्थितिमा सहभागिहरुले नमुना नगर युवा सभाको प्रस्तुती दिएका थिए ।

नमुना नगर सभामा भरतपुर युवा सञ्जालका अध्यक्ष अञ्जान दवाडीले नगर अध्यक्ष र सहसचिव विभा पाण्डेले नगर उपाध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो । बाँकी सहभागिले नगर सभासदको भूमिका निर्वाह गरेका थिए ।

Esewa
Crest

नमुना नगर सभाका लागि महानगर सभाहलमा संसदीय मामिलाका विज्ञ रमाकान्त पौडेलले ३ दिनको प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा महानगरका २९ वटा वडाबाट १६ वर्षदेखि २४ वर्ष उमेर समूहका ३९ जना प्रतिनिधिको उपस्थिति रहेको थियो ।

नमुना संसदिय अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानुन, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि कार्यक्रमको आयोजना गरिएको महानगरका शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए ।

युवा नेतृत्व, महानगरबारे जानकारी, युवालाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन भएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा गरिएको नमुना नगर सभा मध्ये अहिलेसम्मकै उत्कृष्ट नमुना सभा भएको बताइन् ।

प्रमुख दाहालले अहिलेका युवा देशका भोलिका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी भएकाले अहिलेबाटै जिम्मेवार बनाउन कार्यक्रम महत्वपूर्ण रहने उल्लेख गरिन् । युवा सञ्जाल महानगरको एक निकाय भएकाले हरेक गतिविधिमा जिम्मेवार र उत्तरदायित्व भएर अगाडि बढ्न प्रमुख दाहालले अनुरोध पनि गरिन् । भरतपुर महानगरपालिकाले युवाहरुको विकासका लागि वार्षिक रुपमा ठुलो रकम विनियोजन गर्दै आइरहेको उनको भनाइ थियो ।

कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वागमती प्रदेशका युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाँई, राष्ट्रिय युवा परिषदका उपसचिव कर्ण बहादुर कुँवर, नमुना नगर सभाका अध्यक्ष अञ्जान दवाडी, उपाध्य विभा पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

गत माघ १२ गते महानगरस्तरीय ११ सदस्यीय कार्य समिति गठन भएको थियो । वडा क्लब गठन तथा नमुना युवा संसद कार्याविधि २०७५ अनुसार प्रत्येक दुई दुई वर्षमा नमुना नगर सभा गर्नुपर्ने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS