IME Life New

रिलायबल क्यापिटलले इन्फोडेभलपर्सको लगानी ब्यवस्थापना सफ्टवेयर प्रयोग गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुनै बेला बैंकका मेर्चेन्ट बैंकिङ सेवा दिने कम्पनी खोल्ने रोचक प्रतिस्पर्धा  हुन्थ्यो हाल जीवन बीमा कम्पनीका भगिनि संस्था अर्थात मेर्चेन्ट बैंकहरुको उपस्थिती पनि बाक्लिदै गएको छ। बैंकहरु मर्ज हुँदै जाने क्रमसङै मेर्चेन्ट बैंकहरु पनि धमाधम मर्ज भएर घट्दो संख्यामा रहेको बेलामा बीमा कम्पनीहरु भने मेर्चेन्ट बैंक खोल्ने क्रमलाई तिब्रता दिदै गएका छन।

सोही क्रममा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले पनि मेर्चेन्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले रिलायबल इन्भेस्ट्मेन्ट एन्ड मेर्चेन्ट क्यापिटल लिमिटेडलाई संचालनमा ल्याएको छ । उक्त मेर्चेन्ट बैंकले पनि धितोपत्रको नियामक सेबोनले तोकेको कार्य क्षेत्र भित्र रहेर बिभिन्न सेवा प्रदान गर्नेछ।

Esewa
Crest

सोही क्रममा पर्ने कार्य क्षेत्र मध्य लगानी ब्यवस्थापन सम्बन्धी सेवा पनि एक हो। सोही लगानी ब्यवस्थापन सेवा आधुनिक र लगानीकर्ता मैत्री बनाउन प्रबिधी क्षेत्रको अब्बल कम्पनी इन्फोडेभलपर्ससँग रिलायबल क्यापिटलले सम्झौता गरेको हो। सम्झौतासँगै अब क्यापिटलले लगानीकर्तालाई समयनुकुल प्रबिधीको प्रयोग गर्दै सेवा प्रदान गर्नेछ।

कार्यक्रममा क्यापिटलका सहायक जेनरल म्यानेजर दीपेन्द्र कडरियाले, सफ्टवेयरको प्रयोगले लगानीकर्तासँगै क्यापिटलको पनि समय र झन्झट कम हुनेछ भने कार्य क्षेमता पनि बढ्नेमा क्यापिटल विश्वास्त रहेको जनाएका छ्न।

कार्यक्रममा क्यापिटलका सहायक म्यानेजर माधव पोखरेलसँगै अन्य कर्मचारीहरुको पनि सहभागिता रहेको थियो।

सम्झौताका क्रममा इन्फोडेभलपर्सका प्रडक्ट बजार ब्यवस्थापक सौरभ गिरीले सफ्टवेयरको मदतले क्यापिटलले लगानीकर्तालाई दिने सेवा आधुनिक र गुणस्तरीय हुने साथै समय सपेक्ष रहेको जानकारी गराए।

त्यस्तै इन्फोडेभलपर्सको लगानी ब्यवस्थापन प्रडक्टका ओनर गणेश खत्रीका अनुसार नेपाली शेयर बजार अनुसार रहेको लगानी ब्यवस्थापन गर्ने सफ्टवेयरबाट क्यापिटलले आफ्नो लगानीकर्तामा उचतम सेवा सुबिधा प्रदान गर्नेछ साथै आफ्नो लगानीको जानकारी लगानीकर्ताले सहजै लिन सक्नेछन।

नेपाली वित्तीय बजारमा नबिनतम प्रबिधि प्रयोग गर्दै आफ्ना सेवा बिकास र बिस्तार गरेर लोकप्रिय रहेको इन्फोडेभलपर्सले बिगत १ दशक भन्दा लामो समय देखी क्यापिटलहरुलाई लगानी ब्यवस्थापन सम्बन्धी सफ्टवेयर प्रदान गर्दै आइरहेको छ। त्यस्तै आगामी दिनमा म्युचअल फन्ड र डिम्याट संचालन सम्बन्धी सफ्टवेयर पनि छिट्टै नै ल्याउन लागेको जानकारी कार्यक्रममा सौरभ गिरीले गराएका थिए।

इन्फोडेभलपर्स बिगत २ दशक भन्दा लामो समय देखी नेपाली प्रबिधी बजारमा कृयाशिल नेपाली सफ्टवेयर कम्पनी हो । जसले सहकारी, बैंक, मेर्चेन्ट बैंक, सरकारी, गैरसरकारी तथा निजी संस्थाहरुलाई प्रविधीको विकास गरेर टेवा पुर्याउदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS