IME Life New

रुरु जलविद्युत परियोजनाको नाफामा सामान्य संकुचन, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुरु जलविद्युत परियोजनाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ५ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा १.११ प्रतिशतको संकुचन आएको छ।

दोस्रो त्रैमासमा विद्युत बिक्रीबाट ९ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ९ करोड १५ लाख रुपैयाँ थियो। विद्युत बिक्रीको आम्दानी पनि ०.१८ प्रतिशतले घटेको छ।

Esewa
Crest

चुक्तापुँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ४६.४९ प्रतिशतले बढेर २२ करोड ३ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १५ करोड ४ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २३.९० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २४.१७ रुपैयाँ थियो। पीई रेसियो २०.७८ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४४.६७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS