काठमाडौं । माघ २१ गते आइतबार नेप्से परिसूचक २०६१.७० विन्दुमा झरेर बन्द भएको छ। यस दिन परिसूचक ५.३१ अंकले घटेको हो।
आज ३ अर्ब २१ करोड रुपैयाँबराबरको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट ३६ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ। जसमा १७ करोड ५ लाख रुपैयाँको खरिद छ भने १९ करोड ५१ लाख रुपैयाँको बिक्री छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ५५ बाट २४ करोड ६६ लाख रुपैयाँको खरिद छ भने ११ करोड ३ लाख रुपैयाँको बिक्री छ। आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन्।
बजार आज २०७२.९० को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु २०५३.४६ थियो।