IME Life New

खराब कर्जा चुलिएपछि अत्तालियो चीन, धमाधम मर्ज गर्दै साना बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनको अर्थतन्त्र कमजोर बन्दै गएको देखिन्छ। विश्वव्यापी जीडीपीमा चीनको हिस्सा घटेको छ। चीनको अर्थतन्त्रमा जारी गिरावटलाई उल्टाउने सम्भावना थोरै रहेको विज्ञहरु बताउँछन्। यसका पछाडि धेरै कारण छन्।

अब चीनले आफ्नो अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन ठूलो संख्यामा साना बैंकहरु मर्ज गर्दैछ। चीनले आफ्नो अर्थतन्त्रमा खराब कर्जाको समस्यासँग जुध्न यो कदम चालेको हो।

Esewa
Crest

चीन सरकारले साना ग्रामीण बैंकहरुलाई गाभेर ठूला क्षेत्रीय बैंकहरु खोल्ने भएको छ। बैंकको खराब ऋण घटाउन चीनले यो कदम चालेको हो। चीनको ग्रामीण सहकारी बैंक प्रणालीमा खराब कर्जा अनुपात ३.४८ प्रतिशत छ। जुन समग्र वित्तीय क्षेत्रको दोब्बर हो।

उच्च जोखिममा रहेका वित्तीय ऋणदाताहरुसँग जुझ्ने क्रममा चीनले ६.७ ट्रिलियन डलरको वित्तीय क्षेत्रमा सयौँ डिलरलाई मर्ज गर्ने ब्लुमबर्ग रिपोर्टमा उल्लेख छ। साना बैंकहरुमा सूचना प्रविधि र पारदर्शिताको अभाव रहेको सरकारको विश्वास छ। कतिपय बैंकले ग्रामीण र कृषि क्षेत्रबाहेक कर्जा दिएर नियम उल्लंघन गरेका छन्।

अब चीन आफ्नो बैंकिङ प्रणाली बलियो बनाउन चाहन्छ। यसका लागि चीनले साना बैंकलाई मर्ज गरेर ठूला बैंकहरु निर्माण गरिरहेको छ। खराब कर्जाको समस्या कम गर्न यो कदम चालिएको हो।

चीनको यो कदमले साना ग्रामीण बैंकहरु ठूलो मात्रामा क्षेत्रीय संस्थाहरुमा सामेल हुनेछन्। यो कदम अनुसन्धानअन्तर्गत २ हजार १०० ऋणदाताबीच उच्च खराब कर्जा अवस्थाहरु हटाउनको उद्देश्य हो। यो चिन्ताको विषय हो। जसलाई बेइजिङले कडा रुपमा सम्बोधन गर्न आवश्यक छ। किनकि बढ्दो घरेलु ऋणले विगत केही वर्षहरुमा चीनको अर्थतन्त्रमा ठूलो नकारात्मक दबाब दिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS