काठमाडौं । नेपाली बजारमा आज जेठ २१ गते सुन चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ २ सय रुपैयाँले घटेको हो ।
योसँगै आज सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५२ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।












