IME Life New

स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न सरकारको आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय प्रतिष्ठानले आज एक सूचना जारी गर्दै परियोजना प्रस्ताव पेस गर्न नवप्रवर्द्धक उद्यमीहरुलाई आह्वान गरेको हो। स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० बमोजिम स्टार्टअप उद्यमका मापदण्डहरु पूरा गरेका तोकिएको क्षेत्रका नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीहरुलाई परियोजना प्रस्ताव पेस गर्न सूचनामा आह्वान गरिएको छ।

Esewa
Crest

इच्छुक उद्यमीहरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यविधिको अनुसूची (१)बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेस गर्न सक्ने सूचनामा उल्लेख छ।

सरकारले स्टार्टअप कर्जाका लागि यो वर्ष २५ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा दिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS