IME Life New

माण्डु हाइड्रोपावरको ११.७८ प्रतिशतले बढ्यो नाफा, ईपीएस कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माण्डु हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म कम्पनीले १७ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १५ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफामा ११.७८ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्रीको आम्दानी ४.०४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले ४३ करोड ७ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिसम्म घटेर ४१ करोड ५२ लाख रुपैयाँमा झरेको छ। कम्पनीको अन्य आम्दानी पनि घटेर २ हजार ६९० रुपैयाँसम्म सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४ लाख २२ हजार रुपैयाँ थियो।

चुक्तापुँजी १ अर्ब ३६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ तथा रिजर्भ ४०.३२ प्रतिशतले बढेर ३७ करोड १९ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ तथा रिजर्भमा २६ करोड ५० लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कम्पनीको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २५.०२ रुपैयाँमा कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २५.४३ रुपैयाँ थियो। पीई रेसियो २९.४२ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३९.७९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS