काठमाडौं । माघ १८ गते बिहिबार नेप्से परिसूचक २०६७.०१ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ३०.९२ अंकले घटेको छ। ४ अर्ब १८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ४४ करोड ७१ लाखको कारोबार भएको छ जसमा १६ करोड ७५ लाखको खरीद छ भने २७ करोड ९५ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट २२ करोड १३ लाखको खरीद छ भने १८ करोड १६ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये १ ब्रोकरले खरिद धेरै गरेको छ भने ४ ले विक्री धेरै गरेका छन् । बजार आज २१०३.२२को उच्च विन्दु सम्म पुगेको थियो । आज बजारको न्युन विन्दु २०६३.६८ थियो ।