काठमाडौं । अन्नपूर्ण केबलकारले आइपीओ जारी गर्ने भएको छ। कम्पनीले आइपीओ जारीको प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनीको वार्षिक साधारणसभा फागुन ११ गते डाकिएको छ। सभा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा दिउँसो २ बजेबाट सुरु हुनेछ।
सभाले प्रबन्धपत्रको दफा ६ को खण्ड (घ)बमोजिम शेयरको सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले सार्वजनिक शेयर निष्कासनसम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले आर्थिक वर्ष २०७९/० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा सहमति प्रदान गर्नेछ।