काठमाडौं । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल डिजल र मट्टीतेलको नयाँ बिक्री मूल्य तोकेको छ। निगमका अनुसार पेट्रोल प्रति लिटर ४ रुपैयाँ र डिजेल मट्टीतेल २ रुपैयाँ र खाना पकाउने ग्याँसको मूल्य १५ रुपैयाँका दरले बढाएर नयाँ बिक्री मूल्य तय गरिएको छ।
काठमाडाैं, पोखरा र दिपायल डोटीको बजारमा पेट्रोलको मूल्य रु. १७० कायम गरेको छ। यसैगरी डिजेल र मट्टीतेलको मूल्य रु. १५८ कायम गरिएको छ। पूर्वको चारआली विराटनगर, जनकपुर, अमलेखगञ्ज, पश्चिमको भलवारी, नेपालगञ्ज,धनगढी र वीरगञ्जका उपभोक्ताले पेट्रोल र डिजेल प्रतिलिटर क्रमशः रु १६७।५० र रु १५५।५० का दरले खरिद गर्नुपर्नेछ।
कर्णालीको सुर्खेत र लुम्बिनीको दाङका उपभोक्ताले पेट्रोल प्रतिलिटर १६९ र डिजल १५७ रुपैयाँका दरले खरिद गर्नुपर्नेछ । निमगले खाना पकाउन प्रयोग हुने ग्यासँको मूल्य प्रति सिलिण्डर १ हजार ८९५ रुपैयाँबाट १ हजार ९१० रुपैयाँ पुर्याएको छ।