Connect IPS
IME Life

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आइपीओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफाँड गरेको हो ।

उक्त आइपीओमा कुल ३३ हजार ८ सय २४ जनाको आवेदन परेको थियो । जसमध्ये १४ जनाको आवेदन रद्द भएको र कुल ३३ हजार ८ सय १० जना मात्र शेयर पाउन योग्य रहेका थिए । माग भन्दा बढीको आवेदन परेकोलेगोलाप्रथबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ५ हजार ३ सय ४० जनाले ५० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएको विक्री प्रबन्धकले जनाएको छ ।

Prabhu
Crest

सर्वोत्तम सिमेन्टले बुक विल्डिंग विधिबाट आइपीओ निष्काशन गरेको हो । बुक विल्डिंग मार्फत आइपीओमा न्युनतम ५० कित्ता शेयर बाँडफाँड गर्नु पर्ने व्यवस्था रहेकोले गोलाप्रथाबाट न्युनतम ५० कित्ता शेयर पर्ने गरि बाँडफाँड गरिएको हो ।

आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, मेरोशेयर र सिडीएसले आईपीओ नतिजाको लागि संचालक गरेको वेबसाइटबाट हेर्न सकिन्छ ।

कम्पनीले पुस २५ गते देखि माघ १९ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले प्रति शेयर ३६० रुपैयाँ ९० पैसामा निष्काशन गरेको हो ।

कम्पनीले हाल उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिरहेको छ। उद्योग प्रभावित स्थानीयले माघ २५ गतेसम्म आवेदन दिन सक्ने छन् । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS