काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव ६७ अंकले घटेर २,०९७ को विन्दुमा कायम भएको छ । आज २९ कम्पनीको शेयर मुल्य बढेको छ भने २१५ कम्पनीको शेयर मुल्य घटेको छ । आज उत्पादनमुलक तथा प्रसोधन कम्पनी बाहेक सबै रात्ताम्मे भएका छन् ।
आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका हुन् । मन्दकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स पावरका लगानीकर्ताले ७ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मेच्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशलमव ८७ प्रतिशतका दरले गुमाएका हुन् ।