काठमाडौं । लगातार ३ दिन बढेको शेयर बजार आज चौथो दिन भने दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव ६७ अंकले घटेर २,०९७ को विन्दुमा कायम भएको छ । आज २९ कम्पनीको शेयर मुल्य बढेको छ भने २१५ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज उत्पादनमुलक तथा प्रसोधन कम्पनी बाहेक सबै रात्ताम्मे भएका छन् । आज दिनभरिमा १ करोड ४७ लाख ७७ हजार १२० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज पनि हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, एनआरएनको २६ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २४ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको १९ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका हुन् । मन्दकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स पावरका लगानीकर्ताले ७ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मेच्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशलमव ८७ प्रतिशतका दरले गुमाएका हुन् ।