काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ को विन्दुमा झरेको छ।
बजार घट्दा २९ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। आज २५१ कम्पनीको शेयरभाउ घट्दा ३ कम्पनीको स्थिर रहेको छ।
आज बजारमा ५ अर्ब २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार भने हिमालयन रिइन्स्योरेन्सको भएको छ।
यी हुन आज उच्च कारोबार भएका १० कम्पनी
- हिमालयन रिइन्स्योरेन्सः ६३ करोड ८७ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २६ करोड १ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः २४ करोड २६ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः १९ करोड ८९ लाख रुपैयाँ
- हाथवे इन्भेस्टमेन्टः ११ करोड ७४ लाख रुपैयाँ
- बरुण हाइड्रोपावरः ८ करोड १९ लाख रुपैयाँ
- सिनर्जी पावरः ८ करोड १ लाख रुपैयाँ
- आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सः ७ करोड ९० लाख रुपैयाँ
- शिवम सिमेन्टः ७ करोड ७४ लाख रुपैयाँ
- निफ्राः ७ करोड ७२ लाख रुपैयाँ