काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले आइपीओ निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको कर्पोरेट कार्यालय नक्साल, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो । कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
आइपीओ निष्काशन गर्नेसम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।