IME Life New

अब कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको दम्पतीले नै स्वास्थ्य उपचार सुविधा पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको दम्पतीले नै स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्।

कर्मचारी सञ्चय कोष सञ्चयकर्ता स्वास्थ्य उपचार योजनाअन्तर्गत आउँदो फागुनबाट सञ्चयकर्ताको दम्पती (पति/पत्नी)ले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका हुन्। कोषले एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको छ।

Esewa
Crest

कोषले सञ्चयकर्तालाई सामाजिक सुरक्षा उपलब्ध गराउने सन्दर्भमा २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा १ लाख रुपैयाँ र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाख रुपैयाँसम्म स्वास्थ्य उपचार सुविधा गराउँदै आइरहेको थियो। अब आउँदो फागुन १ गतेदेखि लागू हुने गरी उपचार गराउने अस्पतालहरुको सूची तयार गरिएको हुँदा सो सूचीमा उल्लिखित अस्पतालहरुमा उपचार गराएको हकमा मात्रै स्वास्थ्य उपचार सुविधा उपलब्ध गराइने कोषले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS