IME Life New

नेपाल वेयरहाउजिङ कम्पनीको घाटा झनै बढ्यो, ईपीएस पनि ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको घाटा झनै बढेको छ। कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय आज सार्वजनिक भएको छ। समीक्षा अवधिमा कम्पनीको घाटा बढेर ९ करोड २१ लाख रुपैयाँ पुगेको छ। गत असारसम्म कम्पनीले २ करोड ९९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

यो ६ महिनामा कम्पनीको सञ्चालन आम्दानी १४४.९३ प्रतिशतले बढेर ६६ लाख १० हजार रुपैयाँ भएको छ। गत असारसम्म कम्पनीको सञ्चालन आम्दानी २६ लाख ९८ हजार रुपैयाँ थियो। अन्य आम्दानी भने घटेर ७ हजार रुपैयाँमा सीमित बनेको छ। गत असारसम्म अन्य आम्दानी ५ लाख ४७ हजार रुपैयाँ थियो।

Esewa
Crest

यो कम्पनीले अन्न भण्डारबाट आम्दानी गर्दै आएको छ। बजारमा देखिएको तुरलताको अभाव, ब्याजदरमा भएको वृद्धिलगायत विषयले मुलुकको आर्थिक क्षेत्रमा परेको असरले औद्योगिक उत्पादनमा कमी आउँदा भण्डारणमा पनि प्रत्यक्ष प्रभाव परेको कम्पनीले जनाएको छ। अर्कोतर्फ नयाँ प्रकृतिको व्यावसायिक कारोबार भएकोले ग्राहकलाई व्यवसायका बारेमा सम्पूर्ण रुपमा बुझाउन केही समय लाग्ने देखिएको कम्पनीको भनाइ छ। यिनै कारणले कम्पनीले सोचेजस्तो आम्दानी गर्न नसकेको देखिन्छ।

चुक्तापुँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटी १५ करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत असारसम्म अन्य इक्विटी ६ करोड ६ लाख रुपैयाँले ऋणात्मक थियो। वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १३.४ रुपैयाँले ऋणात्मक रहेको कम्पनीको पीई रेसियो ५९.०५ प्रतिशत र प्रतिशेयर नेटवर्थ ९७.२३ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS