IME Life New

आइपीओ निष्काशन प्रस्ताव सहित रंगुन खोला हाइड्रोपावरले डाक्यो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रंगुन खोला हाइड्रोपावर लिमिटेडले आगामी फागुन ९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले आइपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

साथै सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले सञ्चालक समिति गठन र स्वतन्त्र सञ्चालकको निर्वाचन लगायतका विभिन्न प्रस्ताव पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS