IME Life New

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क, नेपालको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको छ। सन् २०२३ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)का आधारमा डेनमार्क सबैभनदा कम भ्रष्टाचार हुने मुलुकमा परेको हो।

ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले सार्वजनिक गरेको सन् २०२३ सीपीआई सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको हो। सोमालिया ११ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन्।

Esewa
Crest

यो सूचकांकमा १८० मुलुकलाई समावेश गरिएको छ। यस सूचकांक १०० अंकले अति स्वच्छ र ० अंकले अतिभ्रष्ट भन्ने जनाउँदछ। ५० भन्दा कम अंक प्राप्त गर्ने मुलुकलाई भ्रष्टाचार व्याप्त मुलुकको रुपमा चिनिन्छ।

सीपीआई सूचकांकअनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुककै सूचीमा परेको छ। नेपालले १०० मा ३५ अंक पाएको छ। योसँगै नेपाल १०८ औँ स्थान छ। अघिल्लो वर्ष ३४ अंकसहित नेपाल ११० औँ स्थानमा थियो।

सीपीआई सूचकांकका आधारमा दक्षिण एसियाली राष्ट्रहरुमध्ये भुटान ६८ अंकका साथ २६ औँ स्थानमा, भारत ३९ अंकका ९३ औँ स्थानमा, माल्दिभ्स पनि ३९ अंकका साथ ९३ औँ, श्रीलंका ३४ अंकका साथ ११५ औँ, पाकिस्तान २९ अंकका साथ १३३ औँ, बंगलादेश २४ अंकका साथ १४९ औँ र अफगानिस्तान २० अंकका १६२ औँ स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS