IME Life New

बैंकिङ प्रणालीमा अधिक तरलता ९३ अर्ब माथि, किन बढ्न सकेन कर्जाको माग ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ। तरलता व्यवस्थापन गर्नकै लागि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट पैसा तानिरहेको छ। केन्द्रीय बैंकले मंसिरयता करिब साढे ४ खर्ब रुपैयाँ बजारबाट खिचिसकेको छ।

राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेल बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्नकै लागि केन्द्रीय बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा तान्नु परिरहेको बताउँछन्। ‘अझै पनि अधिक तरलता ९३ अर्ब रुपैयाँ माथि रहेको छ’, उनले भने।

Crest

प्रणालीमा ९३ अर्ब रुपैयाँ अधिक तरलता रहनुले बैंकहरुमा पैसा फलाफाल रहेको बुझिन्छ। एकातिर पैसा थुप्रिनु र अर्कोतिर सोचेजस्तो कर्जा प्रवाह नहुनुले तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस परिरहेको छ।

सहप्रवक्ता पोखरेल आयात घट्नु, सरकारको पुँजीगत खर्च नबढ्नु र घरजग्गाको कारोबार पनि बढ्न नसक्नुले नै बैंकहरुमा पैसा थुप्रिएको बताउँछन्। ‘यी केही कारण हुन सक्छन्, जसले गर्दा बजारमा कर्जाको माग बढ्न सकेको छैन’, उनले भने, ‘सबैतिर चलायमान भएको अवस्थामा कर्जाको माग बढ्छ।’

अहिले बैंकहरुको कर्जाको तुलनामा निक्षेप बढेको सहप्रवक्ता पोखरेलको भनाइ छ। ‘विदेशमा आउने रेमिट्यान्स बढेको छ, यसले पनि बैंकहरुको निक्षेप बढेको छ’, उनले भने।

अहिले निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहे पनि कर्जाको माग नबढ्नुमा उद्योग–व्यवसाय सञ्चालन र घरजग्गा कारोबार उत्साहजनक हुन नसक्नु नै रहेको सहप्रवक्ता पोखरेलको भनाइ छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार माघ १४ गतेसम्म बैंकहरुको कुल निक्षेप ६१ खर्ब ३४ अर्ब रुपैयाँ र कुल कर्जा लगानी ५० खर्ब ७६ हजार रुपैयाँ रहेको छ। अन्तरबैंक ब्याजदर भने ३.०४ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%

खुसी

6%

दु :खी

0%

अचम्मित

19%

उत्साहित

63%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS