IME Life New

वर्ष २०२३ मा सामाजिक उत्तरदायित्वसम्बन्धी वायुसेवा निगमका मुख्य १० काम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगमले हरेक वर्ष जनहीतका लागि विभिन्न क्रियाकलाप गर्दै आएको छ। निगमले वर्ष २०२३ मा पनि सामाजिक उत्तरदायित्वसम्बन्धी विभिन्न १० क्रियाकलाप गरेको छ।

निगमले क्यान्सर बिरामी तथा तिनका कुरुवाका लागि सन् २०२३ मा ७७० जनालाई पूर्ण तथा आंशिक रुपमा हवाई टिकटमा छुट दिएको छ। ज्येष्ठ नागरिक तथा भिन्न क्षमता भएका व्यक्तिलाई हवाई टिकट दरमा ५० प्रतिशत सहुलियत पनि निगमले प्रदान गर्दै आएको छ।

Esewa
Crest

निगमले २०८० असोज २१ गते हुम्लामा भएको दुखद जिप दुर्घटनामा परी गम्भीर घाइते नौजनाको उद्धारका लागि निगमको जहाज असोज २२ गते हुम्ला पठाइएको थियो। प्रधानमन्त्रीको निर्देसानुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको विशेष पहलकदमीमा गत असोज २५ गते इजरायल तथा हमासबीच भएको द्वन्द्वका कारण सिर्जित विषम् परिस्थितिका कारण अलपत्र परेका विद्यार्थीसहित २५४ जना नेपाली नागरिकको निगमको जहाजमार्फत उद्धार गरिएको थियो।

यसैगरी गत कात्तिक १७ गते मन्त्री किराँतीको विशेष निर्देशन र नेपाल सरकारको समन्वयमा कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पवाट जाजरकोट र रुकुम पश्चिमका घाइतेहरुलाई कात्तिक १८ गते निगमको नाइनएन–एबीटी कल साइनको ट्विनअटर विमानमार्फत नेपालगन्ज तथा काठमाडौंसम्मका लागि निःशुल्क उद्धार उडान गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्राप्त राहत सामग्री रुकुमसम्म निःशुल्क ढुवानी गरिएको थियो।

दुर्घटनामा परी जुम्ला अस्पतालमा भेन्टिलेटरमा रहेका दीपबहादुर रावतको उद्धारका लागि निगमको आकस्मिक उडान गरिएको थियो। मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउन छुटेर अलपत्र परेका चिकित्सकहरुलाई लिन गत २६ सेप्टेम्बरमा वायुसेवा निगमको जहाज तत्कालै पठाइएको थियो।

राष्ट्रिय सांस्कृतिक पर्वका रुपमा मनाइने महाशिवरात्रीका अवसरमा निगमद्वारा पशुपति परिसरमा श्रद्धालु भक्तजनका लागि निःशुल्क पिउने पानी वितरण गर्ने गरिएको थियो। बाढीपीडितका लागि गत १३–१९ अगस्टसम्म नेपालगन्ज–धनगढी–डोटी–धनगढी–नेपालगञ्ज उद्धार उडान निगमले सञ्चालन गरेको थियो।

मन्त्री किराँतीको अगुवाइमा आयोजित पशुपति, स्वयम्भुजस्ता विश्व सम्पदा सूचीमा रहेका स्थानको तीनमहिने बृहत सरसफाइ अभियानमा निगम गत १० मार्चदेखि ८ जुलाईसम्म निरन्तर सरिक भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS