IME Life New

लक्ष्मी टेक्नो प्लाष्टले आइपीओ जारी गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सर्वसाधारणलाई आइपीओ विक्री गर्ने भएको छ । कम्पनीले रु. १०० अंकित दरका १४,००,००० कित्ताले हुन आउने रकम १४ करोड बराबरको साधारण शेयरमा अंकित मुल्यमा प्रिमियम रकम थप गरी साधारण शेयर जारी गर्न लागेको छ ।

कम्पनीले उक्त कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

लक्ष्मी टेक्नो प्लास्ट लिमिटेड वि.सं २०७२ असोज १८ गते प्राइभेट कम्पनी लिमिटेडको रुपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पव्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।

उक्त कम्पनी प्लास्टिकजन्य सामग्री जस्तै सि.पि.भि.सि/पि.भि.सि पाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु, प्लास्टिकको पानी ट्याड्ढी, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका बाल्टिनहरु, प्लास्टिक जन्य घरेलु उत्पादनहरू जस्तै डस्टबिन, एयर टाइट जार, साबुन बार बक्स, फ्रिज स्ट्यान्ड, मेलामाइन टेवल वेयर (प्लाष्टिकका थाल, कचौरा, चम्चा) आदि एउटै छातामुनी उत्पादन गर्ने नेपालको पहिलो र एक मात्र उत्पादनमुलक उद्योग हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS