IME Life New

रिलायन्स स्पिनिङ मिल्सको आइपीओको कटअफ प्राइस तय, सर्वसाधारणलाई कतिमा आउला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सोमबार रिलायन्स स्पिनिङ मिल्सले योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरेको शेयरको शिलबन्दी बोलपत्र खोलिएको छ।

नेप्सेका एक अधिकारीका अनुसार रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा योग्य संस्थागत लगानीकर्ताबाट कुल ६४ वटा आवेदन परेको थियो। तीमध्ये धेरैजसो बोलपत्रमा प्रतिकित्ता ९१२ रुपैयाँमा शेयर खरिदका लागि आवेदन परेको ती अधिकारीले जानकारी दिए । ‘त्यसैले रिलायन्स स्पिनिङको शेयरको कटअफ प्राइस प्रतिकित्ता ९१२ रुपैयाँ नै कायम भएको छ’, ती अधिकारीले भने।

Esewa
Crest

ती अधिकारीका अनुसार प्रतिकित्ता ९१२ रुपैयाँको हिसाबले बोलपत्र पेस गर्ने योग्य संस्थागत लगानीकर्ताले कुल कित्ताको ६५.७२ प्रतिशत शेयरमात्र पाउनेछन्। ‘प्रतिकित्ता ९१२ रुपैयाँभन्दा माथि बोलपत्र पेस गर्नेले मागबमोजिम शेयर पाउनेछन्’, ती अधिकारीले भने।

बुक बिल्डिङ विधिबाट रिलायन्स स्पिनिङले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको आइपीओ अनुमति पाएको छ। जसअनुसार कम्पनीले १९ लाख २६ हजार ६०० कित्ता शेयर जारी गर्ने अनुमति पाएको हो।

कम्पनीले कुल कित्ताको ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री खुला गरेको थियो। योग्य संस्थागत लगानीकर्तालाई माघ १० गतेदेखि माघ १४ गतेसम्म बुक बिल्डिङ विधिमार्फत आइपीओ जारी गरेको थियो।

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिशेयर ६०८ देखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकेको थियो। जसअनुसार माथिल्लो रेन्जमा नै कटअफ प्राइस तय भएको छ।

बुक बिल्डिङ विधिअनुसार अब कम्पनीले सर्वसाधारणलाई कटअफ प्राइसमा १० प्रतिशत छुट दिई आइपीओ बिक्री खुलाउनुपर्ने हुन्छ। यस हिसाबमा सर्वसाधारणलाई यो कम्पनीको प्रतिकित्ता ८२०.८० रुपैयाँ आइपीओ खुलाउनेछ। यही मूल्यमा अब कम्पनीले सर्वसाधारणका लागि बाँकी रहेको ६० प्रतिशत ११ लाख ५५ हजार ९६० कित्ता शेयर बिक्रीमा ल्याउनेछ।

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल प्रबन्धक रहेको छ। केयर रेटिङ नेपालले रिलायन्स स्पिनिङ मिल्सलाई केयर एनपी सिंगल ए माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीसँग समयमै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको संकेत गर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

83%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS