काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार उकालो लागेको छ। नेप्से परिसूचक आज १०.३७ अंकले बढेर २०९४.४६ को विन्दुमा बन्द भएको छ।
बजार बढ्दा १७३ कम्पनीको शेयरभाउ बढेको छ भने ७० वटाको घटेको छ। आज ४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा ३ अर्ब ८३ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ। यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- हिमालयन इन्स्योरेन्सः ३३ करोड ५३ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः २३ करोड ५३ लाख रुपैयाँ
- रिलायबल नेपाल लाइफः १७ करोड ३४ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपवारः १४ करोड ३४ लाख रुपैयाँ
- हाथवे इन्भेस्टमेन्टः १३ करोड २७ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ३१ लाख रुपैयाँ
- सोनापुर मिनरल्सः ७ करोड ७७ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः ७ करोड ७२ लाख रुपैयाँ
- \चन्द्रागिरी हिल्सः ७ करोड ६ लाख रुपैयाँ
- युनाइटेड मोदी हाइड्रोपावरः ५ करोड ४६ लाख रुपैयाँ