IME Life New

आजसम्म कायम शेयरधनीले अरुण भ्याली हाइड्रोपावरको १००% हकप्रद शेयर भर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज माघ १४ गते अन्तिम दिन रहेको छ।

अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ भोलि माघ १५ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज माघ १४ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न पाउन योग्य हुनेछन्।

Esewa
Crest

कम्पनीले हाल कायम चुक्तापुँजीको १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँबराबरको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता निष्कासन गर्नेछ। हकप्रद शेयर निष्कासन मिति भने कम्पनीले तय गरिसकेको छैन।

अरुण भ्याली हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS