IME Life New

पैसा बचत नै हुँदैन ? अपनाउनुहोस् यी ७ सहज उपाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पैसा बिना हरेक काम असम्भव छ। कुनै पनि काम गर्न चाहनुहुन्छ भने पक्कै पैसा चाहिन्छ। पैसा कमाउनका साथसाथै यसलाई बचाउनु पनि धेरै महत्वपूर्ण छ। किनकि खाना, लत्ताकपडा र घरसँगै अरु धेरै कुराहरु पनि छन्। जुन अहिले हाम्रा लागि आवश्यक भइसकेको छ। यसका साथै बढ्दो स्वास्थ्य खर्च धान्न भविष्यका लागि रकम जुटाउनुपर्छ।

आज हामीले तपाइँका लागि पैसा बचत गर्ने ७ वटा सजिलो उपाय ल्याएका छौँ। यी उपाय अवलम्बन गर्न सकने भविष्यका लागि पनि पैसा बचत गर्न सकिन्छ।

Esewa
Crest

१. घरायसी खर्च सीमित गर्नुहोस्

बचत गर्ने पहिलो तरिका भनेको आफ्नो खर्च सीमित गर्नु हो। बजेट बनाउनुहोस्। घरायसी सामान किन्नुअघि सूची बनाउनुहोस्। अत्यावश्यक वस्तुमात्र छनोट गर्नुहोस् र अरु केही नकिन्नुहोस्। यसले तपाइँको पैसा बचत गर्न सुरु गर्नेछ।

२. फजुल खर्च नगर्नुहोस्

सबैभन्दा पहिले बुझ्नुपर्छ कि तपाइँका लागि कुन खर्च आवश्यक छ र कुन अनावश्यक छ। त्यस्ता धेरै खर्च छन्, जुन हामीले व्यहोर्ने गर्छौं। त्यसैले अनावश्यक खर्च रोक्नुपर्छ।

३. घरको खानालाई प्राथमिकता दिनुहोस्

यदि तपाइँ बाहिर खान मन पराउनुहुन्छ भने तपाइँले आफ्नो शौखलाई नियन्त्रण गर्नुपर्नेछ। किनकि यो धेरै महँगो साबित हुन्छ। यदि तपाइँले पैसा बचत गर्न सस्तो रेस्टुरेन्ट छनौट गर्नुभयो भने तपाइँ बिरामी पर्न सक्नुहुन्छ र उपचारमा पैसा खर्च हुनेछ। त्यसैले घरमा पकाएको खानेकुरालाई मात्र प्राथमिकता दिनु राम्रो हुन्छ। यसले तपाइँको स्वास्थ्य पनि राम्रो हुनेछ।

४. अतिरिक्त कमाइ आवश्यक

बचत गर्नका लागि यो सबैभन्दा महत्वपूर्ण छ कि तपाइँको आयको स्रोत पनि बढ्छ। आम्दानीको एउटा स्रोतले मात्र पुग्दैन। त्यसैले फुर्सदको समयमा पार्टटाइम काम गरेर अतिरिक्त कमाइ गर्ने प्रयास गर्नुपर्छ।

५. निश्चित बजेट बनाएर बचत गर्नुहोस्

तपाइँले आफ्नो खर्चका लागि बजेट तयार गर्नुपर्नेछ। कति पैसा कहाँ र कति खर्च हुन्छ थाहा हुनुपर्छ। यसका लागि बजेट योजना बनाउनु राम्रो हुन्छ। बजेट बनाउँदा खर्च सीमित हुन्छ। धेरै पैसा लाग्दैन। अनि तपाइँ पनि पैसा बचत गर्न सक्नुहुन्छ।

६. सही ठाउँमा लगानी गर्नुपर्छ

मानिसहरु बचत गर्न र भविष्यका लागि पैसा उठाउन लगानी गर्छन्। तर, लगानी सुरु गर्नुअघि यसका बारेमा पूर्ण जानकारी हुनुपर्छ। पहिले राम्ररी जाँच गर्नुहोस्। किनकि आजकल धेरैले आकर्षक अफर दिएर ठगिरहेका छन्। जसका कारण जोखिम झन् बढ्छ।

७. किनमेल गर्दा सावधान रहनुहोस्

किनमेल गर्न जाँदा अलिकति सावधानी अपनाउनुपर्छ। कुनै पनि वस्तु किन्दा त्यसको उपयोगिताबारे जान्नुहोस्। धेरै खानेकुरा खरिद नगर्नुहोस्। आफू आवश्यक चीजहरुमात्र किन्नुहोस्। यसले तपाइँको बचत पनि बढाउन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS