IME Life New

यो साता पाँचै दिन घटेको शेयर बजारमा लगानीकर्ताको १.१२ खर्ब स्वाहा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजारमा पाँच दिन कारोबार भएको छ। बजार पाँचै दिन घटेको छ। यो साता नेप्से परिसूचक ७१.७३ अंकले घटेको छ। साताको अन्तिम दिन बिहीबार नेप्से २०८४.०९ को विन्दुमा झरेर बन्द भएको छ। अघिल्लो साताको बिहीबार नेप्से २१५५.८२ को विन्दुमा बन्द भएको थियो।

यो साता नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये होटेल तथा पर्यटन समूहमात्रै बढेको छ भने अन्य सबै समूह घटेको छ। होटेल तथा पर्यटन समूह यो साता १.२१ प्रतिशतले बढेको छ।

Crest

पाँचै दिन नेप्से घट्दा बजार पुँजीकरण पनि घटेर ३२ खर्ब ७३ अर्ब ३३ करोड रुपैयाँमा झरेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार बजार पुँजीकरण ३३ खर्ब ८६ अर्ब ३ करोड रुपैयाँ थियो। यस हिसाबले यो साता लगानीकर्ताहरुले १ खर्ब १२ करोड रुपैयाँ गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS