IME Life New

शेयर बजारबाट कमाउन चाहनुहुन्छ ? यी ७ कुरामा दिनुहोस् ध्यान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारबाट पैसा कमाउन चाहनुहुन्छ भने केही विशेष कुरामा ध्यान दिनु आवश्यक हुन्छ। साधारणतया शेयर बजारमा पैसा लगानी गर्नेहरुले छोटो समयमै ठूलो नाफा कमाउने सोच राख्दछन्। धेरैपटक यस्तो हुन्छ कि केही घन्टामा शेयरबाट ठूलो नाफा हुन्छ भने ठूलो घाटा पनि व्यहोर्नुपर्ने हुन्छ।

यद्यपि, शेयर कारोबार गर्न सामान्य लगानीकर्ताले सोचेजस्तो सजिलो छैन। बजारमा अनुशासन र धैर्यता चाहिन्छ। बजारमा लगानी गर्नुअघि राम्रोसँग अध्ययन गर्नुपर्छ।
आधारभूत पक्षमा दिनुपर्छ ध्यान

Esewa
Crest

शेयर बजारमा मुख्यतया दुई किसिमका कारोबारी हुन्छन्। एउटा जो आधारभूत कुरामा केन्द्रित हुन्छ र अर्को जो अनुमानका आधारमा निर्णय लिन्छ। दुईबीचको आधारभूत भिन्नता शेयरमूल्यमा उनीहरुको दृष्टिकोण हो। आधारभूत कुरामा ध्यान दिने लगानीकर्ता शेयरमूल्यमा भन्दा सधैँ राम्रा कम्पनीमा केन्द्रित हुन्छन्।

लगानीकर्ताले सधैँ कम्पनीको आधारभूत पक्ष हेरेर लगानी गर्ने प्रयास गर्नुपर्छ। यो बजारबाट पैसा कमाउने राम्रो तरिका हो।

सुनेको वा भनेकै भरमा लगानी नगरौँ

शेयर बजारमा धेरै लगानीकर्ताले आफ्ना विशेषज्ञहरुको प्रभावमा शेयर किन्ने वा बेच्ने निर्णय गर्छन्। वरपर सबैले एउटै शेयरमा लगानी गर्दैछन् भने त्यस्ता लगानीकर्ताले पनि त्यही शेयरमा लगानी गर्दछन्। यो गलत रणनीतिबाट जोगिनैपर्छ। यो रणनीति दीर्घकालीन रुपमा सही होइन। विश्वका चर्चित लगानीकर्ता वारेन बफेटले भनेका थिए, ‘जब अरु लोभी हुन्छ तब आफू डराउनुपर्छ र अरु डराउँदा आफू लोभी बन्नुपर्छ।’

बजारमा कहिल्यै हतार नगरौँ

शेयर बजारमा कहिल्यै हतार गर्न हुँदैन। शेयरको मूल्य बढ्नुअघि नै किन्ने र घट्नुअघि नै बेच्ने निर्णय गर्दा घाटा हुन सक्छ। धेरै लगानीकर्ताले बजारलाई समय दिन प्रयास गर्नु सही रणनीति होइन भन्ने विश्वास गर्छन्। किनकि कुनै पनि शेयरको माथि र तल्लो मूल्यको सही भविष्यवाणी गर्न सम्भव छैन। शेयर बजारबाट पैसा कमाउनुछ भने यस्ता रणनीतिबाट टाढा रहनुपर्दछ।

अनुशासन आवश्यक

शेयर बजारमा अनुशासन धेरै महत्वपूर्ण छ। बजारको इतिहास हेर्दा धेरैजसो लगानीकर्ता बुल बजारमा पनि डराउँछन्। शेयर बजारमा चर्को उतारचढावका कारण लगानीकर्ताले आफ्नो आम्दानी गुमाउँछन्, त्यो पनि बजारमा बुलिस ट्रेन्ड हुँदा। त्यसैले लगानीकर्ताले लगानीप्रति अनुशासित दृष्टिकोण राख्नुपर्छ। दीर्घकालीन रुपमा आम्दानी गर्न चाहनुहुन्छ भने लगानीका लागि व्यवस्थित दृष्टिकोण आवश्यक छ।

ऋण लिएर लगानी नगरौँ

शेयरमा लगानी गर्दा कोही ठूलो ऋणमा फसेको सुनिन्छ। यदि तपाइँ शेयर बजारमा लगानी गर्न सुरु गर्दै हुनुहुन्छ भने सधैँ अतिरिक्त कोषमात्र लगानी गर्नुहोस्। बचत कोष भनेको तपाइँको खर्च र अन्य आवश्यकताहरु पूरा गरेपछि बाँकी रहेको रकम हो। यदि तपाइँले नाफा कमाउन थाल्नुभयो भने तपाइँले त्यो पैसा पुनः लगानी गर्न सक्नुहुन्छ। ऋण लिएर कहिल्यै लगानी नगर्नुहोस्।

भावनालाई नियन्त्रण गरौँ

शेयर बजारमा सधैँ भावनाका आधारमा निर्णय लिनु हुँदैन। शेयर किनबेच गर्दा आफ्नो भावनालाई नियन्त्रण गर्न सकेन भने ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुन्छ। जब बजार बुलिस हुन्छ तब लगानीकर्ताहरु बढी आकर्षित हुन्छन् र त्यो चरणमा उनीहरुले गलत शेयरमा पैसा लगानी गर्छन्। डर र लोभ दुईवटा कारक हुन्, जसलाई शेयर कारोबार गर्दा नियन्त्रण गर्नुपर्छ।

लक्ष्य राखौँ

शेयर बजारमा लगानी गर्ने सन्दर्भमा यथार्थपरक लक्ष्य राख्नुपर्छ। लगानीकर्ताले सधैँ आफूले गरेको लगानीले उत्कृष्ट प्रतिफल दिने विश्वास गर्छन्। तर, यदि आर्थिक लक्ष्य यथार्थपरक छैन भने लगानीकर्ता समस्यामा पर्न सक्छन्। बजारमा समान प्रतिफलको आशा कहिल्यै गर्नु हुँदैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%
happy

खुसी

4%
sad

दु :खी

4%
amazed

अचम्मित

16%
excited

उत्साहित

1%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS