IME Life New

सुपर खुदी हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य रु. १०० दरको ६९ लाख ७५ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

माघ १० गतेका दिन ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्साल, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा सुपर खुदी हाइड्रोपावर लिमिटेडको तर्फबाट बरिष्ठ आयोजना प्रबन्धक रबि कुमार गौतम र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Esewa
Crest

वि.सं. २०६५ सालमा प्रा.लि. को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको सुपर खुदी हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय का.म.न.पा.वडा नंं. ३० डिल्लिबजार, चारखालमा रहेको छ । अधिकृत पूँजी १ अर्ब ७५ करोड रुपैयाँ र जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँ रहेको यस कम्पनीले ६९ करोड ७५ लाख रुपैयाँ बरावरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिकाको वडा नं. २, खुदीमा रहेको निर्माणाधिन माथिल्लो खुदी जलविद्युत आयोजनाले खुदी खोलाबाट २६ मेगावाट विद्युतशक्ति उत्पादन गर्ने गरी वि.सं.२०७८ साल बैशाखबाट आयोजनाको निर्माण कार्य थालनी गरेको हो । भविष्यमा थप हाईड्रोपावर क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको यस कम्पनीमा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS