IME Life New

सानिमा रिलायन्स लाइफको छैटौँ वार्षिक साधारणसभा सम्पन्न, ६ संचालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको छ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि सभाले स्वीकृत गरेको छ ।

Esewa
Crest

सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरु क्रमशः कुमार प्रसाद कोइराला, रतनलाल केडिया, डा. सुवर्ण दास श्रेष्ठ र भरत कुमार तोदी तथा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक क्रमशः केशव राज के.सी. र परिक्षीत खेम्का निर्विरोध निर्वाचित गरेको छ।

सभाले पारित गरेका सामान्य र विशेष प्रस्ताव स्वीकृतिका लागि नियमनकारी निकायबाट कुनै विषयमा संशोधन वा परिवर्तन गर्न निर्देशन वा कैफियत प्राप्त भएमा सोसमेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरुसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले स्वीकृत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS