IME Life New

जीवन बीमा कम्पनीले १३.८१ अर्बको नयाँ व्यवसाय गर्दा कसको बजार हिस्सा कति ? (इन्फोग्राफिकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पुस महिनासम्म अर्थात् ६ महिनामा नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीले १३ अर्ब ८१ करोड रुपैयाँको नयाँ व्यापार (प्रथम बीमाशुल्क आर्जन) गरेका छन्।

जीवन बीमा कम्पनीमध्ये पुस महिनासम्म नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक प्रथम बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले ३ अर्ब १५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ। १४ जीवन बीमा कम्पनीमा नेपाल लाइफको बजार हिस्सा २२.८१ प्रतिशत रहेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक प्रथम बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। यसको बजार हिस्सा १४.४१ प्रतिशत रहेको छ।

तेस्रोमा हिमालयन लाइफ इन्स्योरेन्सले सर्वाधिक प्रथम बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। यसको बजार हिस्सा ७.६२ प्रतिशत रहेको छ।

जीवन बीमा कम्पनीमध्ये सबैभन्दा कम राष्ट्रिय जीवन बीमा कम्पनीले प्रथम बीमा शुल्क आर्जन गरेको छ। यो कम्पनीले ३१ करोड ७९ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। यसको बजार हिस्सा २.३० प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS