Connect IPS
IME Life

पुस महिनामा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय करिब ३ अर्ब, कुनको कति? (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ को पुस महिनामा जीवन बीमा कम्पनीहरुले साढे २ अर्बमाथि प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार यी कम्पनीहरुले पुसमा ४ लाख ४२ हजार ६०६ वटा बीमा पोलिसी विक्री गरी २ अर्ब ८४ करोड २९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

पुसमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमा शुलक आर्जन गरेको छ । कम्पनीले पुसमा ५६ करोड २२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रहेको छ । कम्पनीले यस अवधिमा ३७ करोड १४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन लाइफले २४ करोड १८ कुल बीमा शुल्क संकलन गरेको छ । एलआइसी नेपालले २३ करोड ९९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले २१ करोड ८६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले १७ करोड ९२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, आईएमई लाइफले १७करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले १७ करोड ८ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १५ करोड ८६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १५ करोड ६२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी सन नेपाल लाइफले १४ करोड २६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । मेट लाइफले १२ करोड ४३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ७ करोड ५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ५५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

0%

दु :खी

0%

अचम्मित

40%

उत्साहित

40%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS