काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव २५ अंकले घटेर २,०८८ को विन्दुमा कायम भएको छ । आज ८० कम्पनीको शेयर मुल्य बढेको छ भने १५३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै चन्द्रगिरी हिल्स र मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशलमव ०८ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्तका लगानीकर्ताले पनि ६ दशलमव ०८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।