काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव २५ अंकले घटेर २,०८८ को विन्दुमा कायम भएको छ । आज ८० कम्पनीको शेयर मुल्य बढेको छ भने १५३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा ३११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ङादी ग्रुप पावर कम्पनीको १३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको १२ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १२ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै चन्द्रगिरी हिल्स र मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशलमव ०८ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्तका लगानीकर्ताले पनि ६ दशलमव ०८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।