IME Life New

भगवती हाइड्रोपावरको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले पुस २४ गते सम्पन्न वार्षिक साधारण सभा पारित १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश (कर सहित) सम्बन्धीत शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा माघ २ गते देखि जम्मा गरेको हो ।

हालसम्म पनि आफ्नो हितग्राही खाता मा बैंक खाता नं अध्यावधिक नगराएका शेयरधनीले आफ्नो हितग्राही रहेको निक्षेप सदस्यमा सम्पर्क गरी बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ । त्यसपछि मात्र बैंक खातामा नगद लाभांश जम्मा हुने जनाएको छ ।

Esewa
Crest

त्यस्तै कतिपय शेयरधनीको बैंक खातामा भएको नाम तथा बैंक खाता नम्बर सम्बन्धी विवरण नमिलेको कारणले बैंक खातामा पठाएको लाभांश रकम फिर्ता भई आएको हुँदा आफ्ना विवरणमा एकरुपता ल्याउने गरी सच्याउन समेत कम्पनीले आग्रह गरेको छ । शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS