IME Life New

जीवन बीमा कम्पनीबाट रु. ४.३९ करोड सम्पत्ति शुद्धीकरण भएको आशंका, सबैभन्दा बढी वाणिज्य बैंकबाट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीहरुबाट ४ करोड ३९ लाख रुपैयाँ बढीको सम्पत्ति शुद्धीकरण भएको आशंका गरिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो। केन्द्रीय बैंकको वित्तीय जानकारी इकाइले गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीले ४ करोड ३९ लाख २० हजार रुपैयाँ सम्पत्ति शुद्धीकरण भएको आशंका गर्दै राष्ट्र बैंकमा रिपोर्टिङ गरेका छन्।

Esewa
Crest

उक्त आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्था र गैरवित्तीय संस्थाबाट कुल ३६ अर्ब ३६ करोड २१ लाख रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरण भएको आशंकासहितको रिपोर्टिङ प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ। यो हिसाबले जीवन बीमा कम्पनीबाट मात्रै १२ प्रतिशत बढी सम्पत्ति शुद्धीकरणको रिपोर्टिङ प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ।

सम्पत्ति शुद्धीकरण आशंकासहितको रिपोर्टिङ सबैभन्दा बढी वाणिज्य बैंकहरुबाट प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ। वाणिज्य बैंकहरुबाट ३५ अर्ब ५७ करोड ८७ लाख रुपैयाँभन्दा बढी रकम सम्पत्ति शुद्धीकरण भएको आशंकासहितको जानकारी प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ। जुन कुल बैंक तथा वित्तीय संस्थाबाट प्राप्त आशंकाको ९० प्रतिशत हो भने कुल प्राप्त आशंकाको ६९ प्रतिशत हो।

केन्द्रीय बैंका अनुसार उक्त आर्थिक वर्षमा विकास बैंकले १६ करोड १७ लाख रुपैयाँ र फाइनान्स कम्पनीले २२ करोड ६४ लाख रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरण भएको आशंका गर्दै रिपोर्टिङ गरेका छन्।

त्यस्तै स्टक ब्रोकर कम्पनीबाट २६ करोड २९ लाख रुपैयाँ, विप्रेषण कम्पनीबाट ८ करोड ८१ लाख रुपैयाँ र भुक्तानी सेवा प्रदायकबाट १ लाख ३० हजार रुपैयाँबराबरको सम्पत्ति शुद्धीकरण भएको आशंकासहितको जानकारी प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा कुल १६ लाख ९८ हजार ३९८ वटा सम्पत्ति शुद्धीकरण भएको आशंकासम्बन्धी रिपोर्टिङ प्राप्त भएको छ। जुन अघिल्लो वर्षको तुलनामा २९.२८ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस्तो रिपोर्टिङ २४ लाख १ हजार ७१४ वटा प्राप्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS