काठमाडौं । शेयर बजारमा मंगलबार झिनो गिरावट आएको छ। नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९ को विन्दुमा झरेको छ।
बजार घट्दा १०३ कम्पनीको शेयरभाउ बढेको छ भने १३७ वटाको घटेको छ। आजर ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
शेयर बजारमा आज सवा ४ अर्ब रुपैयाँ बढीको शेयर कारोबार भएको छ। आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- हिमालयन रिइन्स्योरेन्सः ५५ करोड ९ लाख रुपैयाँ
- अपी पावरः १८ करोड १० लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १३ करोड ५५ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ११ करोड ६० लाख रुपैयाँ
- सोनापुर मिनरल्सः १० करोड ६७ लाख रुपैयाँ
- अरुण काबेली पावरः १० करोड ६५ लाख रुपैयाँ
- माउन्टेन इनर्जीः ७ करोड ५३ लाख रुपैयाँ
- एनआईसी एसिया बैंकः ६ करोड ६७ लाख रुपैयाँ
- शिवम सिमेन्टः ६ करोड ५९ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः ६ करोड २३ लाख रुपैयाँ