IME Life New

नेपाल लाइफले घटाएर प्रकाशित गर्यो बीमितले पाउने बोनसदर, न्युनतम ५० रुपैयाँ पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको माघ ३ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै बीमालेखहरुमा बोनस दर, मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।
कम्पनीले  अबधी बढाएर अधिकतम ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावाधिक लघु, केटाकेटी बाल शिक्षा योजना, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल)
यस बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिको लागि पनि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८२ रुपैयाँ बोनसदर कायम भएको छ भने यसै पोलिसीको ३० वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ८२ रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

कम्पनीले ११ देखि १५ वर्ष अवधिको बीमालेख धेरै विक्री गरेको छ । यस बीमालेख मात्र कम्पनीले २ लाख ६९ हजार ५१८ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावाधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी) जीवन बीमा
यस योजनामा बीमितहरुले न्युनतम ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस पाउनेन्। कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मको लागि प्रतिहजार ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिको लागि पनि ६५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि प्रति हजार ६५ रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८२ रुपैयाँ बोनसदर कायम भएको छ भने यसै पोलिसीको ३० वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ८२ रुपैयाँ कायम भएको छ ।

कम्पनीले ११ देखि १५ वर्ष अवधिको बीमालेख धेरै विक्री गरेको छ । यस बीमालेख मात्र कम्पनीले ३३ हजार ६२२ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावाधिक जीवन बीमालेख (जीवन समुनन्त)
यस बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मको लागि प्रतिहजार ५६ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिको लागि पनि ५६ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि प्रति हजार ५६ रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ६० रुपैयाँ बोनसदर कायम भएको छ भने यसै पोलिसीको ३० वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ ।

कम्पनीले ११ देखि १५ वर्ष अवधिको १ हजार ५० वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५६ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावाधिक तथा आजीवन बीमालेख (जीवन साहारा)
यस बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिको लागि पनि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८२ रुपैयाँ बोनसदर कायम भएको छ भने यसै पोलिसीको ३० वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ८२ रुपैयाँ कायम भएको छ ।

कम्पनीले ११ देखि १५ वर्ष अवधिको १ लाख २१ हजार ३४८ सय वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी सावाधिक बीमालेख (जीवन समृद्धि) बीमा योजना
यस बीमा योजनामा १५ वर्षे अवधिको लागि बीमितले प्रतिहजार ५० रुपैयाँ बोनसर पाउनेछन् । त्यस्तै, २० वर्षे अवधिको लागि ५० रुपैयाँ बोनस पाउनेछन् । यस अघि यस योजनामा बीमितहरुले ५८ रुपैयाँ बोनश पाएका थिए । अहिले यस योजनामा कम्पनीले बोनसदर घटाएको हो ।

अग्रिम भुक्तानी सावधिक(धन वर्षा १५, धन वर्षा २०, नौलो जीवन समृद्धि, जीवन उन्नती, नौलो धन वर्षा,जीवन शान्ति,छोराछोरी र सदाबहार जीवन बीमा योजना
यस बीमालेखमा कम्पनीले एकै किसिमको बोनसदर दिने घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिको लागि पनि ५० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ५० रुपैयाँ बोनसदर कायम भएको छ भने यसै पोलिसीको ३० वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ५० रुपैयाँ कायम भएको छ । यस योजनामा पनि कम्पनीले बोनसदर घटाएको छ । यस अघि ६० रुपैयाँ थियो ।

कम्पनीले ११ देखि १५ वर्ष अवधिको ३० हजार ७४५ सय वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

अन्य जीवन सारथी बीमा योजना
यस बीमा योजनामा कम्पनीले ० देखि १० वर्ष अवधिसम्मको लागि प्रतिहजार ६२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिको लागि पनि ६२ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि प्रति हजार ६६२ रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८५ रुपैयाँ बोनसदर कायम भएको छ भने यसै पोलिसीको ३० वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ८५ रुपैयाँ कायम भएको छ ।

कम्पनीले ११ देखि १५ वर्ष अवधिको बीमालेख धेरै विक्री गरेको छ । यस बीमालेख मात्र कम्पनीले १० हजार २ सय ४८ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

6%
happy

खुसी

81%
sad

दु :खी

0%
amazed

अचम्मित

6%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS