IME Life New

माउन्ट एभरेष्ट पावरले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

यस सम्बन्धि सम्झौतामा माउन्ट एभरेष्ट पावर डेभलपमेन्टका तर्फबाट अध्यक्ष अर्जुन प्रसाद पौडेल र एनआइएमबि एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता अनुसार कम्पनीको साधारण शेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा एनआइएमबि एस क्यापिटलले प्रदान गरिनेछ ।

कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत हुन आउने २५,८०,००० कित्ता साधारण शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS