IME Life New

विद्युत अवरुद्ध हुँदा ललितपुर प्रशासनको काम ठप्प, सेवाग्राही मर्कामा, जाडोमा कर्मचारी कठ्यांग्रिएर बस्न बाध्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयमा विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राहीले ठूलै झन्झट व्यहोर्नुपरिहेको छ।

ललितपुर प्रशासनको कार्यालयमा आज बिहानैदेखि विद्युत सेवा अवरुद्ध भएको थियो। तर, अहिलेसम्म विद्युत सुचारु नहुँदा कामका लागि पुगेको सेवाग्राही र सेवा प्रवाह गर्न बसेका कर्मचारीसमेत समस्यामा परेका छन्। ‘एउटा साना कामका लागि पनि विद्युत नहुँदा घन्टौँ बस्नुपरेको छ’, एक सेवाग्राहीले भने, ‘यो कार्यालयमा विद्युतको ब्याकअप पनि रहेनछ। विद्युत नहुँदा जाडो मौसममा कर्मचारीहरु पनि कठ्यांग्रिएर बस्नुपरेको छ।’

Esewa
Crest

विभिन्न शीर्षकमा कर उठाउने र ब्याकअप राख्नका लागि बजेट नै छैन भन्ने जबाफ कर्मचारीहरुबाट पाएको ती सेवाग्राहीले गुनासो पोखे। ‘यो त अति नै भयो, कतिखेरसम्म यो चिसोमा कुरेर बस्नुपर्ने हो’, ती सेवाग्राहीले भने।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले आज बिहानैदेखि विद्युत अवरुद्ध हुँदा केही घन्टा कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित बनेको स्वीकारे। ‘बत्ती जाँदा ब्याकअपले काम गरेन, त्यसैले सेवा अवरुद्ध भयो’, श्रेष्ठले भने, ‘अब नयाँ ब्याकअप ल्याउनेतिर लाग्छौँ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS