IME Life New

अपर तामाकोशीको लिलामी शेयरमा पर्यो ३० हजार बढी बोलपत्र, कटअफ प्राइस कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको लिलामी प्रक्रियामार्फत बिक्री गरिएको शेयरको कटअफ प्राइस प्रतिकित्ता १४६ रुपैयाँ कायम भएको छ।

कम्पनीले गत पुस १३ गतेदेखि पुस २९ गतेसम्म लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर बिक्री गरेको थियो। यो लिलामी शेयरको बोलपत्र गत शुक्रबारदेखि बिहान ९ः३० बजेबाट काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा खोलिएको थियो। आज बोलपत्र खोल्ने काम सकिएको छ।

Esewa
Crest

क्यापिटलका अनुसार यो लिलामी शेयरमा ३० हजार बढी बोलपत्र परेको थियो। ‘ती बोलपत्र खोल्न आजसम्म समय लाग्यो’, क्यापिटलका एक अधिकारीले भने, ‘परेको बोलपत्रबाट अपर तामाकोशीको लिलामी शेयरको प्रतिकित्ता १४६ रुपैयाँ कटअफ प्राइस कायम भएको छ।’

कम्पनीले केही समयअघि आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री हुन बाँकी रहेको सर्वसाधारण समूहको शेयर कम्पनीले लिलामीमा बिक्री गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

29%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

57%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS