काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २५ दशमलव ६३ अंकले घटेर २,१३० दशमलव १८ को विन्दुमा कायम भएको छ । आज ६४ कम्पनीको शेयर मुल्य बढेको छ भने १७७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । मिड सोलुका लगानीकर्ताले ९ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ८ दशलमव २७ प्रतिशतका दरले गुमाएका हुन् ।