IME Life New

हिमालयन रिइन्स्योरेन्सको अर्को उपलब्धि, भारतबाट पनि पुनर्बीमा व्यवसाय प्राप्त गर्ने बाटो खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले अर्को उपलब्धि प्राप्त गरेको छ। यो कम्पनीले अब भारतबाट पनि पुनर्बीमा व्यवसाय प्राप्त गर्ने बाटो खुलेको हो। यो उपलब्धिले हिमालयन रिइन्स्योरेन्सको छविलाई थप उचाइमा पुर्याउने विश्वास कम्पनीको छ। यसअघि कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तार गरिसकेको छ।

भारतको बीमा क्षेत्रको नियामक इन्स्योरेन्स रेगुलेटरी एन्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डिया (आईआरडीएआई)ले हिमालयन रिइन्स्योरेन्सलाई एफआरएन नम्बर प्रदान गरेको छ। हिमालयन रिइन्स्योरेन्सको निवेदनमाथि आईआरडीएआईले यही जनवरी १६ मा स्वीकृत प्रदान गरेको हो। योसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको छ।

Esewa
Crest

हालै हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ बिक्री गरेको थियो। यो कम्पनीको शेयर गत पुस २३ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको थियो। लगातारको बढोत्तरीका साथ हिमालयन रिइन्स्योरेन्सको शेयर प्रतिकित्ता ६५३ रुपैयाँ अन्तिम कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

22%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS