IME Life New

माघ २६ गतेदेखि दैलेख महोत्सव आयोजना हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्थानिय प्राकृतिक स्रोत सम्पदाको प्रवद्र्धनमार्फत आर्थिक गतिविधि विस्तार एवं लगानी आकर्षण गर्ने उद्देश्यले माघको तेस्रोसाताबाट दैलेखमा महोत्सव आयोजना हुने भएको छ । महोत्सव माघ २६ देखि फागुन ६ गतेसम्म आयोजना हुनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा दैलेख उद्योग वाणिज्य संघकातर्फबाट आज महासंघ सचिवालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । महोत्सवलाई कर्णाली प्रदेशको औद्योगिक, कृषि एव व्यापार मेलाको रुपमा आयोजना गरिने जनाएको छ ।

Esewa
Crest

दैलेख जिल्लाको उद्योग, व्यापार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र सांस्कृतिक क्षेत्रको प्रवद्र्धनमा महोत्सवलाई केन्द्रमा राखेर काम गरिने आयोजक संस्थाका तर्फबाट पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।  महोत्सव मार्फत स्थानीय आन्तरिक बजार सवलीकरणका लागि व्यावसायिक उत्थान तथा निकासी योग्य वस्तुमा जोड दिइने छ ।

धार्मिक पर्यटकीय स्थलहरुको प्रचार प्रसारको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन आकर्षण गर्ने, जिल्लाको कला संस्कृति तथा स्थानीय लोक संस्कृतिको संरक्षण तथा उजागर गर्ने, हस्तकला व्यवसायको प्रवद्र्धन गरी लगानीका अवसरहरु जुटाउने, कृषि उपज वस्तुहरुको बजार प्रवद्र्धन गर्ने मेलाको मुख्य उद्देश्य रहेको छ ।

त्यसैगरी निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु्र्याउने, स्थानीय वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्न स्थानीय उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्ने, कृषिजन्य उत्पादनको बजार प्रवद्र्धन गर्न महोत्सव केन्द्रीत हुने छ ।

पत्रकार सम्मेलनलाई संवोधन गर्दै महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले मेला महोत्सवबाट स्थानीय उत्पादनको बजार प्रवद्र्धन सहित समग्रमा स्थानीय जनताको आर्थिक उत्थानमा सहयोग पुुग्ने दावी गर्नुभयो । उहांले मेलामहोत्सवको आयोजनालाई महासंघले विशेष प्राथमिकता दिएको पनि स्पष्ट पारे ।  स्थानीय उद्योग वाणिज्य संघहरुमार्फत मात्र मेला महोत्सव आयोजना गर्ने नीति राज्यको हुुनुपर्नेमा पनि उहांको जोड थियो ।

दैलेख जिल्लाका सांसदहरु माननीय सुर्य कुमारी श्रेष्ठ र सीता कुमारी रानाले महोत्सवको सफल आयोजनामा आफ्ना तर्फबाट सहयोग हुने प्रतिवद्धता जनाउंदै महोत्सवले समग्र दैलेख जिल्लामा रहेका सम्भाव्यताको उजागर गर्ने विश्वास प्रकट गरे । संघका अध्यक्ष्ँ कुल बहादुर बि.क.ले मेलाको हालसम्मको तयारीका सम्बन्धमा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS