IME Life New

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको आज बसेको बैठकले कार्कीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। अर्थ मन्त्रालयले सिफारिसमा मन्त्रिपरिषदले कार्कीलाई कोषको कार्यकारी निर्देशनमा नियुक्त गरेको हो।

Esewa
Crest

यसअघि अर्थ मन्त्रालयले कोषको कार्यकारी निर्देशकका लागि सर्टलिस्टमा परेका नामहरु सार्वजनिक गरेको थियो। जसमा कार्कीसहित राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ सर्टलिस्टमा परेका थिए।

शैक्षिक योग्यता, कार्यअनुभव, व्यवसायिक तथा वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा प्राप्त गरेको कुल प्राप्तां‍कका आधारमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने उम्मेदवारलाई सर्टलिस्ट गरिएको मन्त्रालयले जनाएको थियो। छनोट भएका उम्मेदवारहरुले गते पुस १७ गते पावरप्वाइन्ट प्रस्तुति र अन्तर्वार्ता दिएका थिए।

तीमध्ये कार्कीलाई आज सरकारले कोषको कार्यकारी निर्देशनमा नियुक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS