IME Life New

पुससम्म २२.३३ अर्ब प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता, १२ हजार बढीलाई रोजगारीको प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमास (पुस महिना)सम्म नेपाललाई २२ अर्ब ३३ करोड रुपैयाँबराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

उद्योग विभागका अनुसार पुस मसान्तसम्म कुल २२६ उद्योग तथा प्रतिष्ठान स्थापनाका लागि कुल २२ अर्ब ३३ करोड ६५ लाख रुपैयाँबराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो। पुसमा मात्र २७ प्रस्ताव प्राप्त भएको छ।

Esewa
Crest

विभागका अनुसार यो ६ महिनामा सेयर पर्चेज एग्रिमेन्टमा २८ प्रस्ताव प्राप्त भएको छ। जसमा ४ अर्ब १ कराड रुपैयाँबराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

पुस मसान्तसम्म प्रविधि हस्तान्तरणका ३१ प्रस्ताव प्राप्त भएको विभागले जनाएको छ।

समीक्षा अवधिसम्म ती उद्योग तथा प्रतिष्ठानमा १२ हजार १६७ जनाले रोजगारी पाउने प्रतिबद्धता पनि आएको विभागले जनाएको छ।

विभागका अनुसार कुल प्रस्तावमध्ये साना उद्योगमा २११, मझौला उद्योगमा १२ र ठूला ३ उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS