Connect IPS
IME Life

हायात प्लेस अब हायात सेन्ट्रिक होटलमा रुपान्तरण हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हायात प्लेस काठमाडौं योजनाबद्ध हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौंमा रुपान्तरण हुने भएको छ । हायात होटलस् कोर्परेशन (एन.वाई.एस.ईः एच) र सिटि होटल लि. (एन.ई.पि.एस.ईः सि.आइ.टि.वाई.)ले हायात प्लेस काठमाडौं लाई योजनावद्ध हयात सेन्ट्रिक सोल्टीमोड काठमाण्डौंमा रुपान्तरण गर्ने सम्झौता भएको हो ।

पूनर्निर्माण पश्चात् देशको पहिलो हयात सेन्ट्रिक होटलको रुपमा पूर्ण रुपले रिब्रान्ड हुनेछ । पुनर्निर्माण निवनिर्मित प्रवेशद्वार तथा लबि क्षेत्र, अनुपम स्काई बार तथा लाउन्ज, र परिष्कृत सुविधाहरुका साथ हुनेछ । यस रुपान्तरणको हरेक तत्वलाई हायात सेन्ट्रिक ब्रान्डको पूर्ण–सेवाको जीवन्तता अंगिकार गर्ने गरी विचारपूर्वक तथा ध्यानपूर्वक समेट्नेछ ।

Prabhu
Crest

जानकार यात्रुहरुका लागि अन्वेषणलाई प्रेरित गर्ने शहरको केन्द्र नजिकै अवस्थित प्रक्षेपण प्याड, जुनस्वयम्भू महाचैत्य, बौद्धनाथ स्तूप, र पशुपतिनाथ मन्दिर जस्ता युनेस्को विश्व सम्पदा स्थलहरु समेत अन्य प्रसिद्ध तीर्थस्थलहरुबाट छोटो सवारी दूरीमा रहेको छ । ऐतिहासिक स्थलहरु, पुरातन मन्दिरहरु, तीर्थस्थलहरु, सुनौला प्यागोडाहरु तथा मनमोहक गाउँहरुको धनी रमणिय उपत्यकामा अवस्थित होटल रहेको ठाउँ सहासीक समकालीन यात्रु तथा पर्यटकहरुका लागि यो होटल उत्तम छनौट हुने जनाइएको छ ।

“रणनीतिक रुपमा काठमाडौंको मुटुमा अवस्थित भएकोले, हामी विश्वस्त छौं कि यो होटलले गन्तव्यको समृद्ध इतिहासको जानकारी लिन इच्छुक पाहुनाहरुका लागि निजिकृत, स्थानिय सेवा तथा अनुभवहरु प्रदान गर्ने रमणीय गृह आधारको रुपमा सेवा गर्नेछ । नेपालमा पहिलो हायात सेन्ट्रिक होटलको शुरुवातले दक्षिणपश्चिम एसियामा हाम्रो पाश्वचित्रलाई थप सुदृढ बनाउनेछ र यस क्षेत्रलाई हायातको प्राथमिकताको बजारको रुपमा ठोस बनाउनेछ,“ हायातका भारत तथा दक्षिणपश्चिम् एशिया विकासका उपाध्यक्ष ध्रुव राठौरले भने ।

न्यूयोर्क, म्याड्रिड, मुम्बई, बैङ्गलोर, टोकियो, हङ्गकङ्ग र शिकागोजस्ता विश्व–स्तरीय शहरहरुभर प्रमुख गन्तव्यहरुमा अवस्थित हायात सेन्ट्रिक ब्रान्डलाई ध्यानपूर्वक चहलपहलको केन्द्रमा हुन चाहने सहश्राब्दी–सोँच भएका यात्रुहरुलाई लक्षित गर्न, उनिहरुको एक बसाईलाई खोजको अवसरका रुपमा परिणत गर्न डिजाइन गरिएको छ ।

“हामी यस होटल रुपान्तरणको अनावरण गर्न तत्पर छौँ, जसबाट हाम्रा अतिथिहरुलाई असाधारण र अविस्मरणीय अनुभवहरु प्रदान गर्ने हाम्रो प्रतिवद्धता प्रतिबिम्बित हुनेछ ।“ सिटि होटल लिमिटेडका कार्यकारी सञ्चालक अक्षय गोल्याणल भने, “होटलभर योजनावद्ध गरिएको नयाँ, स्थानीय रुपमा प्ररित डिजाइन, र आधुनिक सुधारहरुले सञ्जाललाई प्रोत्साहित गर्न र आजका जिज्ञासु यात्रुहरुको आवश्यकताहरु पूरा गर्न न्यानो वातावरण सृजना गर्नेछ ।“

“हामी विश्वस्त छौं यो रूपान्तरणले काठमाडौंँको एक अग्रणी होटलको रूपमा हाम्रो धरातललाई अझ बलियो बनाउनेछ,“ होटलका महाप्रबन्धक वरुण तलवारले भने, “हामी उच्च स्तरको सेवा तथा आतिथ्यता मार्फत उच्चतम् अतिथि अनुभव प्रदान गर्न प्रतिबद्ध छौं, र हामी हाम्रो नवीन र अलग हायात केन्द्रित आवरण र अनुभव सबैसँग साझा गर्न पाउने सम्भावनाका कारण उत्साहित भएका छौं ।“

हायातको हालको पाश्वचित्रमा भारत र दक्षिणपश्चिम एसियामा ४७ वटा सम्पत्तिहरु छन्, जसमा ४५ वटा भारतमा र दुईवटा नेपालमा छन् । यसको विस्तृत संकलनमा अलिला, अन्डाज, ग्रान्ड हायात, हायात, हायात सेन्ट्रिक, हायात प्लेस, हायात रिजेन्सी र पार्क हायात समेत आठ फरक ब्रान्डहरू रहेका छन् ।

हायात सेन्ट्रिकको बारेमा
हायात सेन्ट्रिक, प्रमुख गन्तव्यहरूमा अवस्थित पूर्ण–सेवा जीवनशैली होटलहरूको एक ब्रान्ड हो । अतिथिहरूलाई चहलपहलको केन्द्रसँग जोड्नको लागि सिर्जना गरिएका हायात सेन्ट्रिक होटलहरू खोज तथा अन्वेषणका कार्यहरु सक्षम बनाउन लागि विचारपूर्वक डिजाइन गरिएका छन् जसबाट उनिहरूले साहसिक क्रयाकलापका कुनैपनि क्षण गुमाउने छैनन् । प्रत्येक होटलले लबीमा अरूसँग सम्पर्कमा रहनका लागि सामाजिक स्थानहरू प्रदान गर्दछन्, यसरी नै बार र रेस्टुरेन्टले स्थानीय हट–स्पटका रुपमा सेवा गर्दछन् जहाँ उत्कृष्ट वार्तालापहरु, स्थानीय रूपमा प्रेरित खाना तथा विशिष्ट ककटेलहरूको आनन्द लिन सकिन्छ । सुव्यवस्थित आधुनिक कोठाहरू पाहुनाहरूको इच्छा बमोजिमको सबै कुराहरू प्रदान गर्न र गन्तव्यमा प्रस्तावका लागि भएका उत्तम खाना, रात्री–जीवन र गतिविधिहरूमा स्थानीय विशेषज्ञता प्रदान गर्नका लागि एक उत्साहित रुपले खटाइएको टोली रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS