IME Life New

नेपाल टेलिकमको ४०% नगद लाभांश आजबाट शेयरधनीको बैंक खातामा जम्मा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट प्रतिशेयर ४० रुपैयाँ आज माघ २ गतेबाट शेयरधनीहरुको बैंक खातामा पठाउने भएको छ।

लाभांश वितरक बैंक एनएमबि बैंकले आज एक सूचना प्रकाशित गरी शेयरधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा नेपाल टेलिकमको पुस २९ गते सम्पन्न १६ औँ वार्षिक साधारणसभाद्वारा पारित उक्त आर्थिक वर्षको ४० प्रतिशत नगद लाभांश आजबाट पठाउन लागिएको जानकारी गराएको हो।

Esewa
Crest

बैंकको सहायक कम्पनी एनएमबि क्यापिटलबाट सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांशबापतको रकम जम्मा गरिने सूचनामा उल्लेख छ।

बुक क्लोज मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांशबापतको रकम सोही खातामा नै जम्मा गरिने व्यवस्था गरिएको छ।

हालसम्म पनि अभौतिकीकरण (डिम्याट) नगराएका वा हितग्राही खाता खोलेर पनि नेपाल टेलिकमको शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले आफूलाई पायक पर्ने निक्षेप सदस्यकोमा हिग्राही खाता खोल्न र शेयर अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ।

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीहरुले नै व्यहोर्नुपर्ने पनि सूचनामा स्पष्ट पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS