IME Life New

बुक बिल्डिङ विधिमार्फत रिलायन्स स्पिनिङ मिल्सले माघ १० बाट आइपीओ ल्याउँदै, प्राइस रेन्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले यही माघ १० गतेदेखि बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ विधिबाट शेयर बोलकबोल खुला गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको आइपीओ अनुमति पाएको छ। जसअनुसार कम्पनीले १९ लाख २६ हजार ६०० कित्ता शेयर जारी गर्नेछ।

Esewa
Crest

कम्पनीले कुल कित्तामध्ये ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता शेयर पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गर्नेछ। बोलकबोलका कम्पनीले प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म प्राइस रेन्ज तोकेको छ।

योग्य संस्थागत लगानीकर्ताले सोही प्राइन्स रेन्जभित्र रहेर बोलपत्र पेस गर्नुपर्नेछ।

योग्य संस्थागत लगानीकर्ताले बोलपत्र पेस गर्ने अन्तिम मिति माघ १४ गते तोकिएको छ। माघ १५ गते योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त बोलपत्र खुलेर कटअफ प्राइस निकालिनेछ।

सोही कटअफ प्राइसमा १० प्रतिशत छुट दिएर कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्नेछ।

केयर रेटिङ नेपालले रिलायन्स स्पिनिङ मिल्सलाई केयर एनपी सिंगल ए माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीसँग समयमै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको संकेत गर्छ।

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल प्रबन्धक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

8%
amazed

अचम्मित

0%
excited

उत्साहित

58%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS